यात्रु कोच्‍ने थोत्रा सवारी साधन

[pl_row 0=””]
[pl_col col=”12″]
[pl_text 0=”” ele_bg_hover_delay=”400″]

देशमा एकै दिन दुई ठूला दुर्घटना भए( सिन्धुपाल्चोक र म्याग्दीमा। सिन्धुपाल्चोकको सुनकोसी नदीमा आइतबार बस खस्दा १७ जनाको मृत्यु भयो। त्यही दिन म्याग्दीको मालिकामा घुम्तीबाट बस झर्दा चार विद्यार्थीको ज्यान गयो। सिन्धुपाल्चोकमा नदीमा खसेको बसमा ७० भन्दा बढी यात्रु थिए। म्याग्दीमा दसैं(तिहार मनाएर फर्किएका बालबालिका ल्याएको बस भने ब्रेक फेल भएको थियो। प्रायः हुने दुर्घटनाका यी दुई प्रवृत्ति हुन्( भारवहन क्षमताभन्दा अति धेरै यात्रु र थोत्रा साधन।

सार्वजनिक यातायात मूलतः सर्वसाधारणका लागि हुन्। कतिपय देशमा त्यसलाई राज्यले प्रत्यक्ष चलाउँछन्। कतिपयमा कडा नियमन गर्छन्। कतिपय देश त यस्ता पनि छन्, जहाँ ‘भीआईपी’ ले समेत सार्वजनिक सवारी साधन प्रयोग गर्छन्। तिनको गुणस्तर, विश्वसनीयता, समय(पालना, नियम(दायराले त्यो वातावरण बनाउँछ। हामीकहाँ धेरैभन्दा धेरैले प्रयोग गर्न बाध्य हुने तिनै साधनको न गुणस्तर हुन्छ, न कुनै नियमले बाँध्छ। समय पालनाको त कुरै नगरौं। तिनमा चढ्ने निर्धा(निमुखा हुन्छन्। त्यही भएर जति दुर्घटना भए पनि, जति सास्ती खेप्नुपरे पनि राज्यको नजर पुग्दैन।

कुन बसको अवस्था कस्तो छ, यात्रु चढाउनुअगावै राम्ररी जाँचिनुपर्छ। बेलाबेला मर्मत(सम्भार गरिनुपर्छ। दसैं(तिहार(छठका बेला रातदिन यात्रु ओसारिन्छ मात्र। लामो दूरीबाट राति बस चलाएर आएको उही चालक आउनासाथ ड्राइभिङ गरेरै फर्किन्छ। यो ‘सिजन’ छोप्ने नाममा लगातार केही रात(दिन नसुतेका घटनासमेत पाइन्छन्। लगातारको गुडाइमा सवारी साधनमा यान्त्रिक समस्या खडा भएको पत्तै हुँदैन। फलस्वरूप अप्रत्यासित दुर्घटना हुन जान्छ। चाडमा सवारी साधन व्यवस्थापन पनि भरपर्दो हुँदैन।

काउन्टरमा टिकट नपाउने तर बिचौलियाबाट जति पनि पाउने, टिकटमा सिट हुने तर गाडीमा नहुने, क्षमताजति मात्र छन् भनेर यात्रु तान्ने तर कोचाकोच हाल्नेजस्ता प्रवृत्ति व्याप्त छन्। वर्षभरिको एकैपल्ट उठ्ने गरी चाडबाडमा कमाउने गलत सोचका कारण यस्ता घटना हुने गर्छन्। यो यामको दुर्घटना नियमित आकस्मिकताजत्तिकै बनेको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०२ मा सिटभन्दा बढी यात्री राख्न नहुने प्रावधान छ। त्यसमा भनिएको छ, ‘यात्रुवाहक सार्वजनिक सवारीमा उक्त सवारीको दर्ता प्रमाणपत्रमा लेखिएको सिट संख्याभन्दा बढी यात्रु राखी चलाउन हुँदैन।’ त्यस्तै दफा १०३ मा ‘चार घण्टाभन्दा बढीको दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीले प्रत्येक चार घण्टामा एकपटक आधा घण्टा वि श्राम गर्नुपर्छ’ भन्ने व्यवस्था छ।

दफा १०४ मा चालकको पालो फेर्नुपर्ने व्यवस्था छ। त्यसमा लेखिएको छ, ‘लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुईवटा चालक अनिवार्य रूपमा राखी प्रत्येक ६ घण्टापछि पालैपालो सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनेछ।’ कानुनका यी व्यवस्था पालना हुन नसकेकै कारण ठूला दुर्घटना बढेका हुन्।

सिट संख्याका हकमा सहरी क्षेत्रका लागि सरकार लचिलो बन्दै आएको छ। त्यहाँ भने ढोका र छतमा नराखी अटुञ्जेल बोक्न छुट दिएको छ। तर, लामो दूरीमा पनि त्यस्तै गर्ने गरिएको छ। चाडबाडको याममा त ढोका र छतमा समेत भरिभराउ राख्ने गरिएको छ। आराम गर्ने र चालक फेर्ने प्रावधानको ठाडै उल्लंघन गरिन्छ।

सार्वजनिक यातायात क्षेत्रमा व्यावसायिकता अभाव छ। यात्रुको अधिकारको त्यहाँ सम्मान हुँदैन। भेडा(बाख्राको व्यवहार गरिन्छ। त्यो अवस्थाको अन्त्य नै दुर्घटना निमिट्यान्न पार्ने आधार हो। सञ्चालक र चालकबाट नियम(कानुन पालना हुनुपर्छ। यात्रु कोच्न रोकिनुपर्छ। थोत्रा सवारी साधन हटाइनुपर्छ। बिग्रेकाको मर्मत गरिनुपर्छ। ‘बिमा छँदैछ’ ठान्ने होइन, हरेक यात्रुको सुरक्षाको प्रत्याभूति गरिनुपर्छ। व्यवसायी आफैं उत्तरदायी हुनुका साथै राज्यको अनुगमन प्रणाली मजबुत भए मात्र त्यो सम्भव छ।

[/pl_text]
[/pl_col]
[/pl_row]

सम्बन्धित समाचार