मदन भण्डारीले ओलीलाई किन भन्थे ‘बातबहादुर’ ?

ज्योतिषशास्त्रअनुसार ‘खड्गो’ भनेको व्यक्तिको जन्मकुण्डलीमा देखिने एउटा महाविपत्ति हो, जसलाई छिचोल्न सकियो भने जीवन फेरि सहज बाटोमा अघि बढ्छ । यहाँ ”कम्युनिस्ट” प्रधानमन्त्री खड्गप्रसाद ओलीको जन्मकुण्डली हेर्न खोजिएको हैन । कम्युनिस्टहरु जन्मकुण्डलीमा विश्वास गर्दैनन् । यहाँ, प्रधानमन्त्री ओलीले पार्टीभित्र र बाहिर दुबै मोर्चामा व्यहोर्नु परिरहेको राजनीतिक संकटबारे विश्लेषण गर्न खोजिएको छ । सरकार र पार्टीको शीर्षस्थानमा आसीन ओलीलाई अहिले महाविपत्ति आइलागेको छ । आफ्नै पार्टीको अन्तरविरोधको परिणामस्वरुप ओली सरकारमाथि खड्गो परेको छ । बुधबार बालुवाटारमा स्थायी कमिटी बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले आफू घेराबन्दीमा परेको स्वीकार गरिसकेका छन् । बाहिरबाट त…

रामकाे नाम जपेर मुटु छाम्दै बसमा सरर

मनाङ । हिमालपारिको जिल्ला भनेर चिनिने मनाङका बासिन्दालाई नेपालको राजधानी र गण्डकी प्रदेशको राजधानी पुग्न धेरै कठिन छ । जिल्लाबाहिर आवतजावत र सामग्री ढुवानी गर्ने मनाङवासीको यही एउटै सडक न हिउँदमा र नत वर्षायाममा नै सुरक्षित र सहज छ । हिउँद याममा हिउँ पर्ने भएकोले विकासका काम गर्न सकिँदैन भने वर्षामा पहिरोका कारण सडक निर्माण या अरु कुनै निर्माणसम्बन्धी काम गर्न सक्ने अवस्था हुँदैन । मनाङवासी वर्षायाममा यो बाटो हिँड्दा कतिबेला कहाँबाट पहिरो आएर पुर्ने हो भन्ने त्रासले पहरोतिर हेर्दै भगवान पुकारेर यात्रा गर्न विवस छन् । सधैँ यस्तै जोखिममा…

अटेर गर्दै भारतले लिपुलेकमा धमाधम सडक बनाउँदै

दार्चुला । नेपालको पटक पटकको आपत्तिलाई बेवास्ता गर्दै भारतले लिपुलेक पास हुँदै चीनको मानसरोबर जाने सडक निर्माणलाई निरन्तरता दिएको छ। हेलिकोप्टरबाट डोजरसहितका ठूला मेसिन झारेर भारतले विस्फोटक पदार्थको प्रयोग गरेर सडक निर्माणलाई तीव्रता दिएको हो। धार्चुलादेखि लिपु पाससम्मको करिब ८० किलोमिटर लामो सडकखण्डको उत्तरी क्षेत्रमा भारतले निर्माणलाई तीव्रता दिएको हो। ठूला मेसिन र विस्फोटक पदार्थ प्रयोग गरेर सडक बनाउँदा सीमा नदी महाकालीको बहाव नै साँघुरिएको छ। विस्फोटक पदार्थको प्रयोग गरेर सडक बनाउँदा महाकालीमा ठूला ठूला चट्टान थुप्रिएका छन्। ठूला चट्टान र माटो थुप्रिँदा महाकालीको बहाव साँघुरिएर माथि आएको छ। नेपालको…

कोरोना संकट : बडो विन्दास तालको सरकार

धेरै विकासशील देशमा कोरोना भाइरसको संकट गहिरिने क्रममा छ । स्वास्थ्य क्षेत्रबाट सुरु भएको महामारीको प्रभाव मानवीय र आर्थिक संकटमा परिणत हुँदै छ । यसैकारण धेरै देशले राज्यको सम्पूर्ण शक्ति कोरोना संकटसँग जुध्न लगाइरहेका छन् । तर, नेपाल कतै रुमलिइरहेको जस्तो देखिन्छ । संक्रमण दिनानुदिन बढ्दै गए पनि सरकारकै नेतृत्वबाट कोरोना रुघाखोकीजस्तै हो वा नेपालीहरूको रोग प्रतिरोधी शक्ति बलियो छ भन्ने तर्कमै जोड दिइएको छ । बेलैमा संवेदनशील नहुने ब्राजिलदेखि अमेरिकासम्मका नेतृत्व कोरोनाको बढ्दो संकटका कारण अहिले लाचार साबित भएका छन् । नयाँ आर्थिक वर्षको बजेट आयो र पास पनि भयो । विश्व र नेपालमा कोरोनाले ल्याएका…

करमा गाउँका सिंहदरबारहरुको मनोमानी

बजेट सार्वजनिक गरेका प्राय स्थानीय तहले बजेटको दर परिवर्तन नगरी चालु वर्षकै दरलाई निरन्तरता दिएका छन् । उनीहरूले कृषि उत्पादनमा ५० प्रतिशत र कृषिसँग सम्बन्धित पूर्वाधार निर्माणमा शतप्रतिशतसम्म छुट दिएका छन् । धेरै नगर र गाउँपालिकाले कृषिलगायत उत्पादनजन्य कार्यमा कर छुटको प्रस्ताव गरेका छन् । प्रदेश ५ का अधिकांश स्थानीय तहले कोरोना महामारीका कारण नागरिक मारमा परेको जनाउँदै चालु वर्षकै करलाई निरन्तरता दिएका छन् । केहीले भने आगामी आर्थिक वर्ष ०७७/७८ का लागि स्थानीय कर वृद्धि गरेका छन् ।  धेरै नगर र गाउँपालिकाले कृषिलगायत उत्पादनजन्य कार्यमा कर छुटको प्रस्ताव गरेका…

देउवालाई विदेशी ज्याइँकै चिन्ता, भन्छन, ‘नागरिकता दिउँ, विभेद नगरौं’

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने प्रावधानले विभेद निम्त्याउने बताएका छन्। संविधानले पनि महिला र पुरुषबीच समानता सुनिश्चित गरेको उल्लेख गरे । उनले संसदीय समितिले नागरिकतासम्बन्धी गरेको पछिल्लो प्रावधानप्रति असन्तुष्टि जनाएका हुन्। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले विदेशी बुहारीलाई सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने तर विदेशी ज्वाइँबारे मौन रहने गरी नागरिकता ऐन संशोधन विधेयक बहुमतबाट पारित गरेको थियो। ‘छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन हुनुहुँदैन पनि’, उनले बुधबार ट्विटरमा लेखेका छन्, ‘नेपाली पुरुषसँग बिहे…

लिम्पियाधुरासहितको नयाँ नक्सा प्रकाशनको जस कसलाई ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा भारतसँगको सीमा समस्याको समाधान द्विपक्षीय कूटनीतिक वार्ताबाटै हुनुपर्नेमा नेताहरूले जोड दिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले वार्ताका लागि अनिच्छा प्रकट गरिरहेको ‘ब्रिफिङ’ गरे । बैठकमा बोल्ने नेताहरूले नक्सा प्रकाशनमा जस्तै सिंगो पार्टी र देश एकजुट भएर अघि बढ्दा द्विपक्षीय वार्ताकै लागि लबिङमार्फत वार्तामा बसेर समाधान खोज्नुपर्नेमा जोड दिए । कूटनीतिक वार्तालाई पनि पटक–पटक भारतले इन्कार गरेको खण्डमा मात्र चीनलाई समेत आग्रह गरेर ‘त्रिदेशीय वार्ता’बाट समाधान खोज्नुपर्ने अधिकांश नेताहरूको मत रहेको नेता केशव बडालले जानकारी दिए । ‘त्रिदेशीय वार्ताबाट समाधान…

धनीका छोराछोरी अनलाइनमा व्यस्त, गरिबका छोराछोरी धुलोमाटोमा मस्त

हुम्ला । लकडाउनका कारण देशका अन्य जिल्लामा जस्तै हुम्लामा पनि सबै विद्यालय बन्द भए । विद्यालय बन्द भएपछि पाठयपुस्तक बोकेर विद्यालय जाने बालबालिका डोकोनाम्लो र हँसिया बोकेर घाँसदाउरामा दिन बिताइरहेका छन् । तर, यही उमेर समूहका सुगम क्षेत्रमा बस्ने बालबालिकाहरू भने इन्टरनेट, टिभी, रेडियो सुनेर,हेरेर दिन कटाउने गर्छन् । अझ कतिपय भेगमा त यिनै माध्यममार्फत पठनपाठनलाई पनि अघि बढाइएको छ । इन्टरनेटको पहुँच नभएको हुम्ला जिल्लाका बालबालिकालाई अनलाइन माध्यमबाट शिक्षा दिने भन्ने विषय आकाशको फल आँखा तरी मर भनेजस्तै भएको सरोकारवालाहरूको बुझाइ छ । विद्यालय बन्द हुँदा हुम्लाका १५ हजार…

एमसीसी पास नगर्दा के हुन्छ ? के साँच्चै सैन्य स्वार्थ जोडिएको छ त ?

काठमाडौं । झन्डै एक वर्षदेखि संसदमा अड्किएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यसपटकको बजेट अधिवेशनबाट पनि अनुमोदन हुने संभावना क्षीण हुँदै गएपछि यसको निरन्तरता र भविष्यबारे विभिन्‍न कोणबाट बहस सुरु भएको छ। उक्त सम्झौता असार १६ गतेभित्र संसद्‌बाट अनुमोदन भइसक्नुपर्ने प्रावधान छ । तर सभामुख अग्‍नी सापकोटाले असार १७ गतेसम्म बैठक स्थगित गरेपछि निर्धारित मितिमा एमसीसी पास हुने संभावना लगभग सकिएको छ। प्रधानमन्‍त्री एमसीसी अनुमोदनको पक्षमा हुँदाहुँदै सभामुखले सम्झौता अनुमोदनको मिति टार्न संसद् बैठक एक साता गरेपछि सभामुखको भूमिकाप्रति सरकारको असन्तुष्टि बाहिर आएको छ। तर पार्टीभित्रको आन्तरिक झगडाका…

छैन व्यापार : ‘बिहान आयो पसल खोल्यो, दिनभर बस्यो’

काठमाडौं । न्युरोड गेटबाट दायाँ लागेपछि देखिन्छ अनेकानेक पसल । कुनै पसल अगाडि विविध रङ्गका खेलौना झुण्डाइएका छन् त कुनैमा स्टाइल स्टाइलमा ब्यागहरू । पसलहरूका अगाडि फुटपाथमा पनि व्यापारका अनेकथरी सामान फिँजाइएका छन् । न्युरोड गेटबाट महाबौद्धसम्म पुग्दा अनेकथरीका सामानले सजिएका पसलहरू खुलेसँगै भिडभाड पनि बढेको देखियो । तीन महिनादेखि हात बाँधेर बस्ने भरियाहरू असारे झरीले हिलाम्य बनाएको सडकमा फुर्तीसाथ यताउता गरिरहेका देखिन्थे । पेटीमा सयको तीन जोडीवाला मोजादेखि २९० रुपैयाँवाला टि सर्टसम्म बेच्न राखिएका थिए । कोही सयको तीन, सयको तीन र कोही दुई सय नब्बे, दुई नब्बे‘ भन्दै…