नाम र दाम त कमाए तर एउटा पिडाले सँधै सताउँछ मलाई – प्रकाश सपुत !

काठमान्डौँ । नेपाली साँगितिक क्षेत्रका चर्चित गायक, तथा सर्जक प्रकाश सपुतको नयाँ गित ‘नमस्कार’ले अहिले सामाजिक संजालदेखि मिडियामा राम्रो प्रतिक्रिया बटुलिरहेको छ । लकडाउनकै बेला सिर्जना गरिएको उक्त गित र भिडियो प्रकाश सपुतका अघिल्ला गितहरु भन्दा केही फरकपन मिसिएको छ ।

नमस्कारमा जातपात भन्दा माया प्रेमले संसार जितिन्छ भन्ने तर्क प्रस्तुत गरेको उक्त गितको भिडियोमा कविता नेपालीलाई देख्न सकिन्छ । समाजमा धेरै नकारा’त्मक सोचहरु बढ्दै गएको देखेर प्रकाश सपुतले यस गितलाई सकारात्मक सोच बनाउनका लागि सिर्जना गरेकोे प्रतिक्रिया दिनुभएको छ । जातपात भन्दा माया प्रेमले संसार जितिन्छ भन्ने तर्क प्रस्तुत गरेको उक्त गितको भिडियोमा कविता नेपालीलाई देख्न सकिन्छ ।

मानिस–मानिस बीच कुनै छैन बार भन्ने भावना प्रस्तुत गर्दै प्रकाश सपुतले लकडाउनको बेला सकारात्मक भावना जगाउन उक्त गितको भिडियो सार्वजनिक गरेका छन् ।क्यानाडा नेपालसंगको कुराकानीको क्रममा प्रकाश सपुतले हाम्रो समाजमा रहेको जातीय विवेदको बारले हाम्रो देशलाई संसार संग टक्कर दिन सधैंपछि पारेको तर्क समेत व्यक्त गर्नुभएको छ ।

रुकुम नरसंहार घ’टना जस्तो समाचार सुन्दा आफू नै त्यस पिडामा परेको जस्तो हुन्छ र मन रुन्छ सपुतले भन्नुभयो, “जातीय विवेद मैले धेरै त भोगेको छैन तर अहिले दलीत भएका कारण कतै न कतै यस विवेद भित्र म पिल्सेको हुन्छु । मैले नभोगे पनि रुकुम घ टना जस्तो समाचार सुन्दा आफू नै त्यस पिडामा परेको जस्तो हुन्छ र मन रुन्छ । यो जातीय विवेद अब हामीले हटाउन पर्छ नत्र विश्वसंग लड्न हामी सक्दैनौ ।”

प्रकाश सपुत अहिले चलचित्रको नायक समेत बनेका छन् । परदेशी २ मा नायकको भूमिकामा देखिन लागेका प्रकाश सपुत अत्यन्तै खुशी मुद्रामा छन् । “मलाई नायक बन्ने रहर थियो र मैले राम्रो चलचित्रमा अभिनय गर्न पाएकोमा खुशी छु । चाडै नै दर्शक सामु यस चलचित्र ल्याउने सोच छ तर लकडाउनले गर्दा चलचित्रको काम अड्किएको छ । यस पश्चात मलाई किताब लेख्ने समेत रहर छ जुन भविष्यमा पूरा हुन सक्ला ।”

सम्बन्धित समाचार