लक्षमीको अर्को रूप हुन्छन् यस्ता नारीहरू, जसले तपाईको घरलाई स्वर्ग बनाउछन् !

काठमान्डौं – लक्षमीको अर्को रूप हुन्छन यस्ता नारीहरू,जसले तपाईको घरलाई स्वर्ग बनाउछन नारी आफैमा एक अद्भूत शक्तिकी खानी हुन् । त्यसकारण नारीलाई माता दुर्गा, लक्ष्मी अर्थात सरस्वतीको रुपमा लिइन्छ ।

तर नारी भन्ने बित्तिकै नारीको देह भएर पुग्दैन् ।त्यसको लागि नारिको रुप, स्वभाव, प्रवृत्ति, चालचलन, सोच, विचार जस्ता अनेक कुराहरुलाई लिइन्छ । साच्चै भन्नुपर्दा नारी एक कोमल हृदयकी खानी हुन् । नारीमा एक प्रकारको सहृदयी भाव रहेको हुन्छ । यद्यपी धार्मीक शास्त्रले पनि नारी कस्तो हुनुपर्छ भन्ने कुराको व्याख्या गरेको छ । हेरौँ एक असल नारीमा कस्तो कस्तो गुणहरु हुन्छन् त ।

१. मिठो बोली बचन, मधुर आवाज, हरेक क्षण मायालु व्यवहार दर्शाउँछन् । २.जुन नारीमा सेवा भाव, क्षमाशील, दानशील, बुद्धिमानी, दयाभाव, कर्तव्य निष्ठा हुने गर्छन् । ३.जुन नार तनले हैन मनले सुन्दर रहेकी हुन्छन् । ४.जुन महिला घरमा आएका पाहुनलाई हार्दिकताको साथ घरमा स्वागत सत्कार गर्छिन् ।

५.अरुको दुखमा आफ्नो दुख सम्झेर दुख बाट मुक्ति पाउँदा आफुलाई आनन्द भएको अनूभूत गर्ने नारी । ६.आफ्नो घरका सबै सदस्यबाट उत्तिकै रुपमा श्रद्धा, प्रेम सम्मान पाएका नारी । जो सबैसँग मिठो बोल्ने, स्वास्थकर खाना खुवाउने गर्छिन् । ७.जो हरेक दिन स्नान गरेर स्वच्छ सफा र स्वच्छ वस्त्र लगाउने गर्छिन् । ८.जुन नारी घरलाई शान्तिमय बनाउन हरेक दिन बिहान बेलुका पुजा आज गर्छिन्, दीप बालेर घरलाई सुगन्धित र बास्नामय बनाउँछिन् । ९.जो पतिव्रतको पालना गर्छिन् ।

१०.आफ्नो घरमा धर्म र नितिको मार्गमा हिड्न सबैलाई प्रेरित गर्छिन् । यसैबीच धर्मशास्त्र अनुसार पनि असल स्वभावकी श्रीमती भएको घरमा सँधै शान्ती मिल्छ । कतिपय नारीहरुको स्वभाव यस्तो हुन्छ, जसका कारण एक अर्काको जीवन नर्क बनिरहेको पनि हुन्छ । यस्ता व्यवहार छ भने नारीहरुले असल घरबारका लागि तत्काल आफ्नो स्वभाव सुधार्नु राम्रो हुन्छ ।

पैसाका लागि जे गर्न पनि तयार हुने : श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले पनि हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । जसले प्रेम, समर्पण तथा बफादारितालाई खरानी बनाउन्छ र जीवन नै उदास बनाइदिन्छ । यस्तै केही महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न खोज्छन् । त्यो गलत हो त्यस्तो कार्यले पनि पुरुषको जीवन बरबाद बनाउन सक्छ ।

रुञ्चे : सामान्य कुरामा पनि रुने स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् । श्रीमानलाई आफ्नोमात्रै ठान्ने : यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन नै बरबाद बनाइरहेका हुन्छन् ।

महिलाहरुको त्यही स्वभावका कारण हरेक पुरुष आफ्ना बाबु, आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट नचाहेरै पनि टाढा हुन बाध्य हुन्छन् । जहाँ स्त्रीको सम्मान हुन्छ, त्यहाँ देवता पनि प्रसन्न हुन्छन्’ भन्ने मनुको भनाइ छ । तर, मनुको यस भनाइको ठीक विपरीत देवताकै पालादेखि नारीले अपमानित हुनुपरेका अनेक प्रसंग आउँछन् ।

सम्बन्धित समाचार