यसरी हेर्नुहोस् एसईईको नतिजा, सबैको जानकारीका लागि सेयर गर्नुहोस् !

काठमाडौ । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले एसईईको नतिजा हेर्ने सम्बन्धि सूचना प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले १ साताभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिँदै नतिजा हेर्ने तरिका राष्ट्रिय दैनिक गोरखापत्रमा सूचनामा प्रकाशित गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ साताभित्र सार्वजनिक हुने जनाइएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा नभएपछि विद्यालयले गरेको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । ‘विद्यालय र जिल्ला शिक्षा समन्वय इकाइबाट प्रमाणित भएको डाटा बोर्डमा आइसकेको छ । जिल्ला जिल्लाबाट अपडेट भएको र प्रमाणित डाटामा ठीक भए नभएको रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भन्नुभयो, ‘अब एक साताभित्र नतिजा सार्वजनिक गर्छौं ।’

यसअघि बोर्डले १५ साउनमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बाढी पहिरोका कारण बाटो बन्द भएकाले विद्यालय र जिल्लाबाट प्रमाणित डाटा नआएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । एसईईमा यो वर्ष ४ लाख ८२ हजार विद्यार्थी सामेल छन्

यो पनि पेन्सन कटौती गर्ने कानून आउँदै गरेको सूचना चुहिएपछि यति धेरै कर्मचारीले दिए राजीनामा काठमाडौं । पेन्सन कटौती हुने भएपछि एकै वर्षमा ७ सय कर्मचारीले राजीनामा दिएको खुल्न आएको छ । संसदमा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण ९पेन्सन० रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी निजामती कर्मचारीले राजीनामा दिएका हुन् ।

अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७ सय २० कर्मचारीले राजीनामा गरेको खुलेको छ । निजामती किताबखानाका अनुसार यो संख्या अघिल्लो आवको भन्दा दोब्बर हो । किताबखानाका उपमहानिर्देशक अद्वैतप्रकाश श्रेष्ठले अघिल्ला वर्ष अनिवार्य अवकाशभन्दा अघि राजीनामा गर्ने कर्मचारीको संख्या बढीमा साढे ३ सयसम्म हुने गरे पनि गत आवमा दोब्बरले बढेको जानकारी दिनुभयो ।

किताबखानाले आव २०७७–७८ मा १ मुख्यसचिव, १९ सचिवसहित २ हजार ४ सय ८० कर्मचारीले ५८ वर्ष उमेर हदका कारण अवकाश पाउन लागेको जानकारी गराएको छ । तर, अघिल्ला वर्षहरूमा करिब ३ हजार २ सयदेखि ३ हजार ३ सयसम्म कर्मचारीले अवकाश पाउने गरेका थिए । यो खबर आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित समाचार