जब ईरानले मिसाइल हान्यो, भारत ल्याइँदै गरेको राफेल विमानका पाइलटहरु लुक्न थाले !

एजेन्सी । अमेरिकासँगको बढ्दो तनावका बीच ईरानले संयुक्त अरब इमिरेट्स (युएई) स्थित फ्रान्सको अल धफ्रा एयरबेस नजिकैको समुद्रमा थुप्रै मिसाइल हानेको छ ।

त्यहीबेला फ्रान्स हुँदै भारत ल्याउन लागिएका ५ वटा राफेल विमान पनि त्यही पार्किङ गरिएको थियो । ती विमानमा भारतीय पाइलटहरु पनि थिए । जब इरानले लगातार मिसाइलहरु हान्न थाल्यो । राफेलका पाइलटहरु सुरक्षित ठाउँमा लुकेका थिए । इरानले आफ्ना मिसाइलहरु परीक्षण गरेको अनुमान गरिएको छ । मिसाइल प्रहारपछि फ्रान्सेली एयरबेस र खाडीमा रहेका अमेरिकी सैनिक अड्डाहरुमा पनि अलर्ट जारी गरिएको थियो ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले मंगलबार बिहान हारमुज स्ट्रेट नजिकै धेरै ब्यालेष्टिक मिसाइलहरु हानेको पुष्टि गरेको छ । इरानको सरकारी टेलिभिजनका अनुसार क्रान्तिकारी गार्डले सैनिक अभ्यासको क्रममा ती मिसाइलहरु परीक्षण गरिएको थियो । मिसाइल परीक्षण गरिएको स्थान फ्रान्सेली र अमेरिकी सैनिक अड्डा नजिकै पर्छ । धेरै मिसाइलहरु समुद्रमा खसेको दृष्य देखिएको थियो ।

इरानी सैन्य अभ्यासको सन्देृश संयुक्त राज्य अमेरिका लक्षित हो भन्ने कुरा स्पष्ट रुपमा बुझ्न सकिन्छ । इरानको पछिल्लो सैन्य अभ्यास र अमेरिकी प्रतिक्रियाले दुई देशहरुबीच युद्धको सम्भावना बढेर गएको देखिन्छ । पछिल्ला ६ महिनायता त्यहाँ दुई देशबीच बढ्दो तनावका दर्जनौ घटना भएका छन् । ( दैनिक जागरण )

यो पनि विश्व बजारबाट समाप्त हुन लाग्यो डलरको दबदबा –  न्यूयोर्क – अमेरिकाको मुद्रास्फीतिमा भएको अचानक वृद्धिप्रति चिन्ता व्यक्त गर्दैै गोल्डम्यान स्याख्स ग्रुपले विश्वको संचित मुद्राको रुपमा अमेरिकी डलरको अवस्थाप्रति खतरा आएको चिन्ता व्यक्त गरेको छ ।

कोरोनाभाइरसको महामारीका कारण बर्बाद भएको अर्थव्यवस्थालाई बन्द गर्नुपरेको छ । फेडरल रिजर्भले यो वर्ष आफ्नो वासलात लगभग २८ खर्ब डलरले घाटामा गएको बताएको छ । गोल्डम्यान स्याख्सका रणनीतिकारले अमेरिकी नीति ‘डिभेसमेन्ट फेयर’ लाई खोल्न गइरहेको चेतावनी दिएका छन् । जसले विश्वव्यापी विदेशी विनिमयको बजारमा डलरको दबदबालाई समाप्त पार्न सक्छ ।

यद्यपि यो स्थिति स्पष्ट रुपमा अझैँ पनि सबैभन्दा धेरै वित्तीय वृत्रमा अल्पसंख्यक रहेको छ । गोल्डम्यान स्याख्सका विश्लेषकका अनुसार आपूmलाई यो आवश्यक रुपमा हुनेमा विश्वास नभएको बताएका छन् । लगानीकर्ताहरुले यो भन्दा पहिलेनै पैसा छाप्नाले आगामी वर्षहरुमा महँगाई बढ्ने र डलरको तुलनामा सुनको मूल्य बढ्ने चिन्ता व्यक्त गरेका थिए ।

जेफरी केरी सहित गोल्डम्यान स्याख्सका अन्य रणनीतिकारले लेखेका छन्,“सुन अन्तिम उपायको अन्तिम मुद्रा हो । विशेष रुपमा वर्तमान सरकार आफ्नो मुद्रालाई नष्ट गरिरहेको छ र वास्तविक ब्याज दरलाई अगाडि बढाइरहेको छ । संचित मुद्राको रुपमा अमेरिकी डलरको लामो आयुको विषयलाई लिएर चिन्ता भइरहेको छ ।” हाम्रा अन्य समाचार पनि पढ्नुहोस्…

सम्बन्धित समाचार