सञ्जयलाई क्या’न्सर भएको थाहा पाएपछि मनिषा कोइरालाले लेखिन् यस्तो भावुक स्टाटस !

काठमाडौ । बलिउड अभिनेता सञ्जय दत्तलाई क्या’न्सर भएको खबर थाहा पाएपछि अभिनेत्री मनिषा कोइरालाले पनि दुख ब्यक्त गर्नुभएको छ । सञ्जयलाई मंगलवार क्या’न्सर पुष्टि भएको थियो ।

अक्सिजनको मात्रा कमी भएपछि अस्पताल भर्ना भएका सञ्जयलाई फोक्सोमा क्या’न्सर भएको पुष्टि भएपछि उपचारका लाग दुवई लगिएको थियो । तर उहाँलाई दुवईमा पनि उपचार सम्भव नहुने भएपछि अमेरिका लैजाने तयारी भएको छ । बलिउड स्टार सञ्जयलाई क्या’न्सर भएको सूचना सार्वजनिक भएपछि उहाँका शुभप.पचिन्तक तथा फ्यानहरुले अहिले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत् उहाँको स्वास्थ्य लाभको कामना गरिरहेको छन्।

अभिनेत्री मनिषा कोइरालाले पनि ट्वीटमार्फत् सञ्जयका लागि स्वास्थ्यलाभको कामना गर्नुभएको छ। कोइरालाले लेख्नुभएको छ “तिम्रो अस्वस्थताका बारेमा सुनेको खबर निकै दुखद् छ बाबा। तर, तिमी कति बलियो छौ मलाई थाहा छ। जिन्दगीमा धेरै संघर्ष गरेका छौं, अप्ठ्याराहरूलाई पार लगाएका छौ। यो अवस्थालाई पनि जित्न सक्छौ। म तिम्रो स्वास्थ्य लाभको कामना गर्दछु।’

मनिषा स्वयंले पनि क्या’न्सर जित्नुभएको हो । यसैबीच सन् २०१८ मा सार्वजनिक फिल्म ‘सञ्जु’मा मनिषाले अभिनय गर्नुभयो । फिल्म सञ्जय दत्तको जीवनमा आधारित थियो । उक्त फिल्ममा सञ्जयकी आमा नरगिसको भूमिकामा देखिनुभएको थियो । सो चलचित्रमा सञ्जयका रुपमा रणवीर कपुर प्रस्तुत हुनुहुन्छ । नरगिस र नरगिस बनेकी अभिनेत्री मनिषा अर्थात् सञ्जयका रील र रीयल आमा दुवैलाई पाठेघरको क्या’न्सर भएको हो। ऐजेन्सीको सहयोगमा

सम्बन्धित समाचार