को’रोना पछि नेपालमा भित्रियो फेरी अर्को ख,तरनाक रोग, एक जनाको मृ’त्यु !

काठमाडौं । नेपालमा को’रोना भाइरपछि अर्को रोग फैलने ख’तरा बढेको छ। स्क्रब टाइफस नामको रो’ग फैलने ख’तरा बढेको हो। स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा दोगडाकेदार गाउँपालिका वडा नं –३ श्रीकोटकी १४ वर्षीया पूजा जोशी रहेकी छन् ।

पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृ’त्यु भएको हो। स्क्रब टाइफसबाट स’ङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पुर्‍याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृ’त्यु भएको पूजाका फुपाजु शङ्करदत्त जानकारी दिनुभयो ।

यो पनि, अख्तियारपछि सर्बोच्च अदालतमा छिर्यो को’रोना भाइरस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगपछि अर्को संवैधानिक निकाय सर्वोच्च अदालतमा पनि को’रोना भाइरस (को’भिड–१९) को छिरेको छ ।

प्राप्त जानकारी अनुसार सर्वोच्च अदालतका न्यायाधीश इश्वर खतिवडाले नै आफ्ना पीएसओलाई को’रोना पोजेटिभ देखिएको कुरा सामाजिक संजाल फेसबुकमै पोष्ट गर्नुभएको छ । अख्तियार प्रमुख आयुक्त नवीनकुमार घिमिरे सहित दर्जन बढी कर्मचारी को’रोना संक्रमित भई आइसोलेसनमा छन् । अख्तियार सिल गरी सबैको पीसीआर परीक्षण गरिसकिएको छ ।

न्यायाधीश खतिवडाले बुधबार अपराह्न सामाजिक संजालमा लेखेका छन्– ‘श्रावण २२ गते बिहीवारसम्म मेरो सुरक्षाका लागि खटिएका एकजना तामाङ थरका सुरक्षाकर्मी (पीएसओ) मा को’भिड–१९ पो’जेटिभ देखियो । नमुना २६ गते दिएको र नतिजा हिजो करिब १ः३० बजे थाहा भयो । त्यसैले शंकाको अवस्था पैदा भएको छ ।

मैले आफूमा संक्रमणको लक्षण वा असहजता अहिलेसम्म महशुस गरेको छैन । आशा छ, मलाई संक्रमण भएको छैन होला । तथापी सतर्कता र सावधानी अपनाउन आवश्यक ठानेर अहिले म आफ्नै निवासमा सामाजिक दूरी कायम राखेर बसेको छु । स्वास्थ्य मन्त्रालयका सम्वन्धित अधिकारीहरुसँग सम्पर्क र प्रारम्भिक परामर्श भएको छ ।

थप नयाँ कुरा भएमा यथासमयमा सम्प्रेषण गरिने नै छ । यसलाई सहज र सामान्य रुपमा लिइदिनुहुन सवै शुभेच्छुक प्रियजनमा अनुरोध छ ।’ उहाँले लेख्नुभएको छ ।

उहाँलेले लेखेको स्टाटसमा न्यायाधीश हरि फुयाँलले आफू पनि खतिवडासँग एउटै इजलासमा बसेकाले सुरक्षित रहने उल्लेख गर्नुभएको छ । उहाँहरुको पीसीआर परीक्षणका लागि नमुना पठाइसकिएको छ । पोजेटिभ देखिएमा कन्ट्याक ट्रेसिङ गरेर उनीहरुसँग जोडिएको जो कोहीको पनि परीक्षण गरिने स्वास्थ्य मनत्रालयले जनाएको छ । जनवोलीबाट

सम्बन्धित समाचार