७० करोड त्यस्तै हो, अर्को चुनावमा ७० हजार भोट ल्याएर जित्छु: गोकुल बास्कोटा

केही समय अगाडीमात्र ७० करोडको अडियो कान्डले मन्त्री पद चैट भएका मन्त्री हुन गोकुल बास्कोटा । गोकुल प्रसाद बास्कोटा एक नेपाली राजनीतिज्ञ हुन्। उनी नेपाल कम्युनिष्ट पार्टीको सदस्य र ओली सरकारको सञ्चार र सूचना प्रविधि मन्त्री समेत थिए। उनी आफ्नो रुखो, छुच्चो बोली छुद्र व्यवहार घुसकाण्डका लागि चर्चामा आएका थिए। उनलाई प्रधानमन्त्रीको विश्वासपात्रको मानिन्थ्यो। केपी ओलीले पनि उनको प्रशंसा र बचाउ गर्दै आएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआ ले भने बास्कोटाको अडियो प्रकरणबारे अनुसन्धान सुरु भइसकेको जनाएको छ ।विभिन्न सञ्चार माध्यममा प्रकाशितरप्रसारित समाचारलाई आधार बनाएर विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले ११ फागुनमा दिएको उजुरीका आधारमा अदुअआले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । प्रवक्ता कोइरालाले अनुसन्धानको थप विवरण भने खुलाउन नमिल्ने बताए ।

जनमानसमा सञ्चारमन्त्री गोकुल बास्कोटाको छवि छुच्चो, अहंकारी र अतिवादी नेताको छ । निकटवर्तिहरुले चाहिँ उनलाई स्ट्रेट फरवार्ड, इमान्दार र कुण्ठारहित प्राणीका रुपमा प्रशंसा गर्ने गर्छन् । बास्कोटाको यथार्थ व्यक्तित्व यिनै दुईथरि अतिरञ्जनाहरुको बीचमा भेटिन सक्छ । गत संसदीय चुनावमा काभ्रे २ बाट निर्वाचित हुनुअघि बास्कोटा एमाले सर्कलमा मात्रै परिचित थिए । चुनावमा केपी ओलीपछि दोस्रो लोकप्रिय मतले जितेपछि उनको चर्चा बढ्यो ।

उनै बास्कोटाले केही दिन अघि मात्र एक टेलिभिजन कार्यक्रममा मन्त्री पद खुस्केपछि त छटपटीमा बित्यो होला है रात भन्ने प्रश्नमा ७० करोड त्यस्तै हो अर्को चुनावमा ७० हजार भोट ल्याएर जित्छु भनेको कुरा निकै भाईरल रहेको छ । तपाई उक्त भिडियो यु ट्युवमा गएर पनि हेर्न सक्नु हुन्छ । अनलाईन खबरबाट 

सम्बन्धित समाचार