स्वच्छ मनले पाथिभरा माताको दर्शन गरि (पढ्नुहोस तपाईको आजको राशिफल)

आज मिति वि. सं. २०७७ साल कात्तिक महिनाको २३ गते आइतवारको दिन। सन २०२० नोभेम्बर ८ तारिख नेपाल संम्बद ११४० कौलागा। कार्तिक कृष्णपक्ष। पढ्नुहोस तपाईको आजको राशिफल

मेष मध्यान्ह सम्म समय प्रतिकुल बढि देखिन्छ । मनमा शान्ति मिल्ने छैन । मध्यान्हबाट समय सामान्य सुधार आउनेछ । कामले पूर्ण गति लिने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।

वृष समयमा काम नगरे विग्रिने छन् । पूर्वान्हमा गरेका काम प्राय सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । स्वास्थ्यमा सामान्य सुधार आउनेछ ।

मिथुन विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । अपरान्हबाट काममा सरलता आउनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । वैदेशिक काममा सुधार आउने देखिन्छ । ।

कर्कट घर परिवारबाट सामान्य सहयोग मिल्नेछ । समयमा निर्णय लिन नसक्दा अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । पढाईमा अप्ठ्यारो हुन सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । रमाईलो यात्रा पनि हुन सकछ ।

सिंह समयले त्यति साथ दिने छैन । घरपरिवारमा दुख कष्ट हैरानी हुन सक्छ । काम गर्ने जोश जागर मर्नेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न । अतिथि खर्चमा वृद्धि हुनेछ । सजक रहनुहोला

कन्या पूर्वान्ह अनुकुल नै देखिन्छ । काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । मध्यान्ह पछिको समय प्रतिकुल बन्नेछ । काम गर्ने जोश जागर घट्नेछ । आफन्तबाट सहयोग पाईने छैन । घर परिवारका समस्या बल्झिने छन् ।

तुला ग्रह गोचर ठीकै देखिन्छ । काम गर्न सके दाम आउनेछ । इष्टमित्र साथी भाईको सहयोग मिल्नेछ । आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

वृश्चिक पूर्वान्ह अनुकुल देखिन्छ । जोश जागरका साथ कर्म क्षेत्रमा लागिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । वौद्धिक व्यक्तित्वसँग सामिप्यता बढ्नेछ । अपरान्हबाट समयले कम साथ दिनेछ ।

धनु समय त्यति अनुकुल देखिन्न नयाँ काममा हात हाल्नु पूर्व एकपटक सोच्नु होला । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुनेछन् । व्यापारबाट सोचे जस्तो लाभ लिन सकिने छैन । व्यर्थको घुमाई फिराई बढि होला । सजक रहनुहोला ।

मकर कुनै काम गर्नु छ भने पूर्वान्हमा गर्नु होला । अस्थिर मन लिएर काम नगर्नु होला । परिवारको सहयोगमा काम बन्ने छन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । रोकिएको धन हात पर्ला । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योग देखिन्छ ।

कुम्भ काममा देखिएका समस्या हटेर जानेछन् । कार्य क्षमता र दक्षता बढ्नेछ । धेरै काम सजिलै बन्नेछन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

मिन मानसिक तनावमा कमी आउनेछ । वैदेशिक यात्रा सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै ध्यान जानेछ । अरुका काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् । तर मध्यान्ह पछि भने आफ्नै काम हुनेछन् ।

सम्बन्धित समाचार