तिहारको मुखैमा गुल्मीबाट आयो दुख्द खबर : खेलाडी बोकेको जिप दु’र्घटना, १ को मृत्यु !

गुल्मी : गुल्मीमा जीप दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ भने ७ जना घा’इते भएका छन्। गएराती जिल्लाको गुल्मीदरवार गाउँपालिका –२ मजुवाबाट हटियातर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जीप दु’र्घटना हुँदा २४ वर्षका चालक खेम गाहा मगरको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रबीणलाल श्रेष्ठले जानकारी दिए।

उनका अनुसार जीपमा सवार तीन जना ग’म्भीर घा’इते भएका छन् भने अन्य चार जनाको अवस्था सामान्य रहेको छ। घाइतेलाई थप उपचारका लागि पाल्पा प्रवासमास्थित लुम्बिनी मेडिकल कलेजमा पठाइएको छ। दु’र्घटनामा परेको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।

जिल्लाको सत्यवती गाउँपालिकामा सम्पन्न क्रिकेट प्रतियोगितामा सहभागी एभरग्रीन युवा क्लबका क्रिकेट खेलाडीहरु बोकेर गाउँ फर्कदै गरेको जिप गएराति करिब १० बजेतिर दु’र्घटनामा परेको थियो ।

सम्बन्धित समाचार