नेपालबारे जथाभावी नबोल्न भारतीय मिडियालाई मोदीको निर्देशन !

काठमाडौं– नेपाल–भारतबीच सीमा समस्याका कारण सम्बन्ध निकै चिसिएको छ । खासगरी भारतले पछिल्लो समय नेपालको भूभाग अतिक्रमण गरी मानसरोबर जाने बाटो बनाएर उद्घाटन गरेपश्चात सम्बन्धमा तिक्तता आएको हो । यसअघि भारतले नेपालको भूमी समेटेर नक्सा समेत जारी गरेको थियो । त्यो भन्दा अगाडी नाकाबन्दी गरेका कारण नेपालमा मोदी र भारत विरोधी अभियान नै चलेको छ । मोदीको सरकार बनेपछि नेपालसंगको सम्बन्ध सुध्रिने अपेक्षा गरिएपनि सम्बन्ध त्यसको ठिक विपरित बनेको छ । खासमा नेपालमा भारतविरोधी माहोल बनाउन भारतीय मिडिया र केहि नेताहरूनै लागिपरेका छन् । सीमा विवाद बल्झिएपछि वार्तामा बस्न नेपालले…

अस्ट्रेलियामा चक्कु लिएर लुटेरा लखेट्ने नेपाली, पवित्रा कार्की घटनाबारे के भन्छिन् ?

काठमाडौं । अहिले अस्ट्रेलियामा बस्ने एक नेपाली युवती चर्चामा छिन् । अस्ट्रेलियाको सिड्नीमा पसलमा बसेकी ती युवतीले पसल लुट्न आएका एक लुटेरालाई चक्कु लिएर दौडाइन् । पवित्रा कार्कीले लुटेरालाई चक्कुले तर्साएर भगाएको घटनाको सीसीटिभी फुटेज सार्वजनिक भएसँगै उनको चर्चा बढेको छ । ‘ऊ ढोकामा आयो अनि पैसा माग्यो । म डराएँ । मैले उसको कुरा बुझिन र के भन्न खोजेको भनेर सोधें । उसले पैसा देउ, पैसा देउ भन्यो’ पवित्राले अस्ट्रेलियाको सेभेन न्यूजसँग कुरा गर्दै भनिन् ‘मैले किचनको चक्कु निकालेर उसलाई हान्न खोजें । त्यसपछि ऊ भाग्यो ।’ यो पसल…

चिनियाँ अतिक्रमणविरुद्ध नेपाली कांग्रेस आक्रामक, भूमि फिर्ताको माग !

काठमाडौं – चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रमक बनेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी चीनियाँ कम्युनिस्ट पार्टीको भ्रातृसंस्थाजस्तो भएकोले नेपालको भूमिमाथिको अतिक्रमण बेवास्ता गरेको भन्दै  कांग्रेस आक्रामक भएको हो । कांग्रेसले बुधबार संसदमा चीनले अतिक्रमण गरेको नेपाली भू-भाग फिर्ता ल्याउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । कांग्रेस सांसदहरुले बुधबार चीनले अतिक्रमण गरेको भूमि कूटनीतिक माध्यमबाट फिर्ता ल्याउन माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन् । चीनले नेपालको भू-भाग अतिक्रमण गरेका समाचारहरु सार्वजनिक भएपछि कांग्रेसका नेता देवेन्द्रराज कँडेल, सत्यराम शर्मा खनाल…

भारतले धौलीगंगा बाँध खोल्दै, सतर्क रहन आग्रह ! सक्दो सेयर गरौँ……

बैतडी : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ। एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार बाँध यही असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म खोलिने जनाएको छ। बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गरेका छन्। महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको उनले बताए। बाँध खोलेपछि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका…

भारत–चीनबीच भइरहेको सीमा विवादलाई लिएर नेपालले दियो यस्तो कडा प्रतिकृया !- सक्दो सेयर गरौँ

काठमाडौं । लद्दाखमा भइरहेको तनावलाई लिएर नेपालले भारत र चीन दुवै देशहरुलाई कडा सन्देश जारी गरेको छ । परराष्ट्र मन्त्रालयले नेपाल सधैं क्षेत्रीय र विश्व शान्तिका पक्षमा उभिदै आएको स्पष्ट पार्दै दुई छिमेकीहरु भारत र चीनबीच पछिल्लो समयमा देखिएको सीमा समस्यालाई शान्तिपूर्ण रुपमा सुल्झाउन भनेको छ । परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह जारी गरेको विज्ञप्तीमा लद्दाखको गलवान उपत्यका क्षेत्रमा उब्जिएको समस्यालाई समाधान गर्नमा नेपालका दुई मित्रवत छिमेकीहरु समक्ष रहने विश्वास व्यक्त गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुई पक्षीय,क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको शान्तिपूर्ण…

मोदीको नेपाल नीति : सके फकाउने, नसके थर्काउने

काठमाडौं । भारतले सीमा विवाद समाधानका लागि नेपालसँग वार्ता नगर्ने देखिन्छ । बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले तत्कालका लागि वार्ताको सम्भावना नरहेको बताएका छन् । भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले नेपालसँगको सीमा विवाद सम्बन्धमा भारतको पुरानै अडान रहेको र जस कारण तत्काल वार्ताको सम्भावना नरहेको बताएका हुन् । सीमा विवाद समाधानका लागि वार्ताका लागि नेपालले वातावरण बनाउनु पर्ने बताउँदै आएको छ । तर, भारतले कस्तो वातावरण भन्नेबारे स्पष्ट पारेको छैन । वार्ताको सम्भावनालाई टार्दैै नेपालले नक्सा जारी गरेर संविधान नै संशोधनसँगै वार्ताबाट सीमा विवाद समाधान गर्र्न…

नेपालको नामैँ लिएर पाकिस्तानले भारतलाई दियो यस्तो कडा धम्की !

काठमाडौं, भारत–चीनबीच भएको तनावलाई लिएर पाकिस्तानले पनि बयान जारी गरेको छ । २० भारतीय सैनिकले ज्यान गुमाएपछि पाकिस्तानले आफ्नो धारणा बुधवार जारी गरेको हो । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले मंगलबार चीनसँगको सीमामा तनाव हुँदा २० भारतीय सैनिकको मृत्यु भएपछि भारत र चीनबीचको अवस्थालाई आफुहरुले ‘कडा निगरानी’ गरिरहेको जानकारी दिए । पाकिस्तानको जियो न्यूज कार्यक्रममा ‘आज शहाजेब खानजादासँग’ मा बोल्दै कुरेशीले लद्दाख क्षेत्रमा भइरहेको तनावको जिम्मेवार भारत भएको आरोप पनि लगाएका छन् । उनले विवादित क्षेत्रमा भारतले सडक निर्माण गर्न खोजेर तनाव सिर्जना गरेको आरोप लगाएका हुन् । कुरैशीले चीनले…

लिपुलेक सहित चीनसँगको सीमामा ६१ वटा सडक बनाउँदै भारत, द्वन्द्व बढ्ने चिन्ता !

भारतले चीनसँगको सीमामा आगामी ३ वर्षभित्र ६१ वटा सडक बनाउने भएको छ। भारतको यो कदमले दुई देशबीच सैन्य तनाव बढ्दै जाने देखिएको छ। चीन र भारतबीच ३५ सय किलोमिटर लामो सीमा छ। जसलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) भन्ने गरिन्छ। एलएसीसम्म सहज पहुँच र सैन्य क्षमता विस्तारका लागि भारतले सन् २०२३ सम्ममा ती सडक बनाउने भएको हो। भारतको रक्षा मन्त्रालयअन्तर्गतको बोर्डर रोड कन्स्ट्रक्सनले ती सडक बनाइरहेको छ। गत वर्षको अक्टोबरमै बोर्डर रोड कन्स्ट्रक्सनले लक्ष्यको ७५ प्रतिशत काम सम्पन्न भइसकेको बताएको थियो। ती ६१ वटै सडकको लम्बाइ ३ हजार ३ सय किलोमिटर रहने…

नेपालबारे भारतीय सेना प्रमुखले फेरि दिए यस्तो बयान !

काठमाडौं । भारतको सेनाप्रमुख जनरल मनोज मुकुन्द नरवणेले नेपालसँग भारतको सम्बन्ध सधैँ बलियो रहेको र बलियो रहिरहने टिप्पणी गरेका छन् । भारतको देहरादूनमा नेपालसँगको जारी विवादबारे बोल्दै उनले शनिवार उक्त टिप्पणी गरेका हुन्। यसअघि उनले नेपालले अरूकै इशारामा सीमा विवाद उचालेको सङ्केत गरेको अभिव्यक्ति विवादास्पद बनेको थियो। नेपालको संसद्‍को तल्लो सदनले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापको अङ्ग बनाउनेसम्बन्धी संविधान संशोधन पारित गर्ने प्रक्रिया थाल्नु केही घण्टा अगाडि आएको उनको पछिल्लो भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ। भारतको विदेश मन्त्रालयले नेपालको नयाँ नक्सा प्रकाशनसम्बन्धी क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेको…

तल्लो पेट दुखेर अस्पताल पुगेकाको जाँच गर्दा डाक्टर नै चकित हुने देखियो विश्वकै दुर्लभ घटना !

काठमाडौ । विश्वमा हामीले हरेक दिन नयाँ र फरक कुराहरु देख्न र सुन्न पाउँछौ । हामीलाई यी कुराहरु सुन्दा अच्चम लाग्ने गर्दछ । तर वास्तवमा ति कुराहरु सत्य हुन्छन् । यस्तै एक घटना अहिले बाहिर आएको ब्राजिलको साओ पाउलोमा एक व्यक्ति तीन मिर्गौलाका साथ जिउँदो छन् । यो ब्राजिलियन मानिसमा देखीएको होे, जो अहिले सामान्य रूपमा काम गरिरहेका छन् । यो कुरा तब बाहिर आयो जब ति व्यक्तिको तल्लो पेटमा गम्भिर पीडा हुन थाल्यो । जानकारी अनुसार ३८ वर्षीय ति व्यक्ति डाक्टर कहाँ गएका थिए । उनलाई त्यहाँ सीटी स्क्यान गर्न…